दमास्कस । संयुक्त राष्ट्रसङ्घीय बाल कोषका प्रमुखले गत महिना गएको भूकम्पबाट प्रभावित युद्धग्रस्त सिरियाका केही भागका ३७ लाख बालबालिकामा गम्भीर जोखिम हुनसक्ने चेतावनी दिएको छ ।
टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पमा परी ५० हजारभन्दा बढीको मृत्यु भएको थियो भने सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा मात्रै कम्तीमा ८८ लाख मानिस विनाशकारी भूकम्पबाट प्रभावित भएका छन् ।
“सिरियाको प्रभावित क्षेत्रमा रहेका ३७ लाख बालबालिकाले धेरै बढ्दो र सम्भावित विनाशकारी खतराहरूको सामना गरिरहेका छन्,” संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा विपद्को भावनात्मक र मनोवैज्ञानिक प्रभावका साथै रोगको बढ्दो जोखिम र ‘करिब १२ वर्षको द्वन्द्वका कारण जोखिममा परेका परिवारका लागि आधारभूत सेवामा पहुँचको अभाव’ उल्लेख गरिएको छ ।
युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले सिरियाको दुईदिने भ्रमण पूरा गरेपछि गरेको पत्रकारहरूसँगको भेटमा भन्नुभयो, “सिरियाका बालबालिकाले अकथनीय त्रास र हृदयविदारक पीडा भोगेका छन् ।”
उहाँले भन्नुभयो, “भूकम्प र त्यसपछिका पराकम्पनले ‘बालबालिकालाई खेल्ने घर, विद्यालय र स्थानहरू मात्र ध्वस्त पारेन, यसले धेरै जोखिममा रहेका बालबालिका र परिवारहरूको सुरक्षाको भावनालाई पनि चकनाचुर पारेको छ’ ।”
युनिसेफले सिरियामा भूकम्पबाट प्रभावित २६ लाख बालबालिकासहित ५४ लाख मानिसका लागि तत्काल जीवनरक्षाका लागि सहयोग गर्न १७ करोड २७ लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।
“सुरक्षित पानी, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग जस्ता अत्यावश्यक सेवाहरूमा पहुँच प्रदान गर्नाले परिवारहरूलाई उनीहरूको जीवनको पुनर्निर्माण गर्न सुरु गर्न मद्दत गर्दछ,” रसेलले भन्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले सिरियाको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सिरियाका भूकम्प पीडितलाई सहयोग गर्न ३९ करोड ७० लाख अमेरिकी डलरको अपिल गरेको छ । तर यो आपतकालिन अवस्थाका लागि आवश्यक पर्ने जति पाउन नसकेको टेड्रोसले बताउनुभयो । सिरियामा पनि गत वर्ष सुरु भएको हैजाको घातक प्रकोप देखिएको छ ।
सन् २०११ यता सिरियामा भएको युद्धमा करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ भने देशको आधाभन्दा बढी जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य पारिएको छ । उनीहरूमध्ये धेरैले टर्कीमा शरण लिए, जसमा गत महिना गएको भूकम्पले तहसनहस पारेका क्षेत्रहरू पनि समावेश छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशन अर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका…
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका रामेश्वर राना…
काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने…
काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, December 15
ताजा :
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
- एमाले महाधिवेशन: आज मनोनयन दर्ता, भोलि चुनाव
भूकम्प प्रभावित सिरियामा बालबालिका ‘गम्भीर जोखिम’मा: राष्ट्रसङ्घ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

