काठमाडौं । आईसीसी लिग २ क्रिकेटअन्तर्गत दुवईमा भएको खेलमा नेपालले घरेलु टोली यूएईलाई ४२ रनले हराएको छ । नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो ।
यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बताए । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बताए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले ।
उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बताए । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बताए ।
बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिए । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई÷दुई विकेट लिए । कार्तिक मेइयापानले एक विकेट लिए । जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।