काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको छ। साढे ७ बजे उड्नुपर्ने विमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो। उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए।
जहाजमा यात्रा गरिरहेकामध्ये शुभलक्ष्मी सिमेन्टका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबीच हल्लीखल्ली भएको बताउँदै रुवाबासी भएको बताए। उनका अनुसार उडेको केही समयमै विमानको दाहिने तिरको पखेटा चल्न छाडेको थियो। यात्रु खड्काका अनुसार विमानमा सवार सबै जना सकुशल छन्। हवाई सुरक्षा विभागले जहाजमा के भएको रहेछ भनेर अहिले अनुसन्धान थालेको छ।