काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ।
२९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७ ओभर १ बलमा २४५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो र ५२ रनले हार्नपुग्यो। यो जितसंगै नेपालले ३३ खेलबाट ३४ अंक पाएर शिर्ष तीनमा रहने अवस्थालाई जिवितै राखेको छ। सोझै विश्व कपको छनौटमा पुग्न नेपालले बाँकी तीन खेल जित्नु पर्नेछ।
त्यसअघि क्रितिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमल १ ओभरमा २ सय ९७ रनमा सबै विकेट गुमाएको थियो। पपुवा न्युगिनीलाई सस्तैमा आउट गर्न सन्दीप लामिछानेले १० ओभरमा १ मेडन ओभर फाल्दै ३७ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी दिपेन्द्रसिंह एैरीले २ तथा कुसल मल्लले एक विकेट लिए।
आज सुरुवाती व्याट्सम्यान आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय पाली खेले। कुशल भुर्तेल ४५, भीम सार्की ४४ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिएका थिए। पपुवा न्युगिनीका सेमो कमियाले ९ दशमलब १ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। त्यसैगरी राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए।