काठमाडौं । सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो।
‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसद्मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन्।
प्रधानमन्त्री प्रचण्डले यही ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।