काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो ।
पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।