काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कालिका र गोरखकाली मन्दिरको दर्शन गरेका छन् । सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेर उनले मन्दिरमा पूजा गरेका हुन् ।
करिव आधा घण्टा पूजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा पुगेका थिए । उनले त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरेका छन् ।