काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताए ।
यसअघि, नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिएका छैनन् ।
सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।