काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले गरेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राहत दिने निर्णय गरेको हो।
कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।
बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घटनाको छानबिनकामा संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।