काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि मोबिल छ्यापिएको घटनाको बिरोधमा नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
मोबिल छ्याप्नेमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन्। उनीहरु राजमार्गको गोलबजार खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
एमालेबाट मेयर निर्वाचित श्रेष्ठ पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ हुन। श्रेष्ठमाथि मोबिल छ्याप्नेमध्ये एक जनालाई प्रहरीले मंगलबार नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधुसरण महरालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।