काठमाडौं । सत्ता गठबन्धन दलहरूले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन्। यही क्रममा बुधबार दिउँसो बालुवाटारको सत्ता गठबन्धन बैठकले बिहीबारसम्म सरकार विस्तार टुङ्ग्याउने निर्णय गरेका हुन्। सरकारमा सत्ता समर्थक राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सहभागी हुने जनाइएको छ।
बुधबारको गठबन्धन बैठकले मन्त्रालयको संख्या टुङ्गो लगाएपनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने टुङ्गो नलागेको जनाइएको छ।
बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी पत्रकारहरुलाई दिएका हुन।दलहरुबीच नेपाली कांग्रेसले ८ मन्त्रालय, माओवादीले ५, नेकपा एकीकृत समाजवादी र जसपा २/ २ र अन्य दलहरूले एक एक मन्त्रालय पाउने भन्ने सहमति छ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए। चैत ६ लगत्तै सरकार विस्तार गर्ने विश्वास आजका मितिसम्म पुरा भएको छैन।