काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । दाहालले कांग्रेस,माओवादी केन्द्र,जसपा,एकीकृत समाजवादी,लोसपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री नियुक्त गरेका हुन् । दाहाल १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
शुक्रवार उनले सांतौ पटक मन्त्रीपरिषद पुर्नगठन गरेपनि सरकारले पूर्णता भने अफै पाउन सकेन् । सत्तारुढ दल नेपाली कांग्रेसभित्र सरकारमा पठाउने मन्त्रीहरुको वारेमा विवाद भएपछि सरकारले पूर्णता पाउन नसकेको हो ।
कांग्रेसमा नेता शेखर कोइराला पक्षले ३ जना मन्त्री आफ्नो भागमा नदिए सरकारमा नजाने अडान सभापति शेरबहादुर देउवासंग राखेको छ । कांग्रेस उपसभापति खड्काले परराष्ट्रमन्त्री दावी गरेपनि अन्तमा उनलाई रक्षामा पठाइएपछि उनि समेत असन्तुष्ट छन् ।
दाहाल नेतृत्वको सरकारमा नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह र पूर्णबहादुर खड्कालाई उपसहित रक्षामन्त्रीमा नियुक्त गरिएको छ । उर्जामा माओवादी उपमहासचिव शक्ति बस्नेत र अर्थमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत मन्त्री नियुक्त भएका छन् ।
यस्तो छ दाहाल नेतृत्वको मन्त्रीमण्डल
नारायणकाजी श्रेष्ठ -गृह
पूर्णबहादुर खड्का- रक्षा
शक्ति बस्नेत -उर्जा
प्रकाशशरण महत -अर्थ
शरदसिंह भण्डारी -श्रम
महिन्द्रराय यादव -महिला वालवालिका
प्रकाश ज्वाला -भौतिक पूर्वाधार
रेखा शर्मा -संचार
सुदन किराती -पर्यटन
अमनलाल मोदी -संघीय मामिला
बेदुराम भुसाल -कृषि तथा पशुपंक्षी
अशोक राई -शिक्षा
अब्दुल खान -खानेपानी
रमेश रिजाल -उद्योग वाणिज्य
सीता गुरुङ -शहरी विकास
रंजिता श्रेष्ठ -भूमि व्यवस्था तथा सहकारी