काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपाल “नान” को प्रारम्भिक साधारण सभा शुक्रबार हुने भएको छ । लैनचौरस्थित मल्ल होटलमा आयोजना गरिएको प्रारम्भिक साधारणसभाको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री माननीय रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “नान” का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठका अनुसार बिहान ९ बजे देखि शुरु हुने कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको छ ।
प्रारम्भिक साधारणसभाको बन्दसत्रले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । २ बर्षे कार्यकाल हुने गरी तय गरिएको विधान बमोजिम कार्यसमितिमा १ अध्यक्ष, १ निर्वतमान अध्यक्ष, प्रथम र द्धितिय गरी २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, कोषाध्यक्ष एवं सहकोषाध्यक्ष गरी दुई र ९ जना सदस्य रहने गरी कार्यसमिति चयन हुने संघका महासचिव आशिष खड्काले जानकारी दिए ।
देशै भरी छरियर रहेका विज्ञापन व्यवसायीलाई एउटै छाता संगठनमा आवद्ध गराई उनिहरुको हितमा काम गर्ने गरीसँग स्थापना गरिएको “नान” का प्रथम उपाध्यक्ष प्रदिप कोईरालाले बताए ।