काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।’ उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए ।
मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुँद बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । विज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै विस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्मक रहेको भन्दै आफु र आफ्नो मन्त्रालय यो क्षेत्र विस्तारका लागि सँधै सम्पर्क र सम्वादमा रहने बताए ।
वर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशा तिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकारसँग सहकार्य गरी अगाडि बढन् आह्वान समेत गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले खस्कदो विज्ञापन क्षेत्रलाई बढाउन विज्ञापन बोर्ड सँधै सजग रहेको बताए ।
बोर्डले विज्ञापन सम्वन्धी एैन, नीति तथा योजनालाई थप व्यावस्थित गर्ने योजना अन्तिम चरणमा पु¥याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने अध्यक्ष हुमागाईले बताए ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले विगतका वर्ष देखि नेपाली विज्ञापन एजेन्सीले सामुदायिक रेडियोलाई गर्दै आएको सहयोगको प्रशंसा गरे । खस्कदो विज्ञापन बजारको अवस्था प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गिरीले सरकारले पनि यो क्षेत्रलाई बढाउने किसिमका कार्यक्रम ल्याई संचार माध्यमलाई बाँच्ने आधार तयार गरिदिन सरकारसँग अनुरोध गरे ।
गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए । उनले भने, ‘हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्याउन प्रयासरत छौँ ।’
विज्ञापन व्यावसायी नविन राज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बरअफकमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । संघका महासचिव आशिष खड्काले उद्घोषण गरेको कार्यक्रमा अतिथिलाई द्वितिय उपाध्यक्ष अमृत पन्थीले स्वागत गरेका थिए भने सचिव बिमल खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।
१७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन
संघको प्रारम्भिक साधारण सभाले धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदिप कोईराला, द्वितिय उपाध्यक्षमा अमृत कुमार पन्थि, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली, सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी, सविन पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक अधिवक्ता प्रदिप सत्यालले खुवाएका थिए ।