काठमाडौं । १० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन्।आइतबार राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय तथा ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्थाअनुसार उपनिर्वाचनमा सेना परिचालन गर्ने अनुमति दिएको जनाएको छ।


