काठमाडौं । एसिसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको फराकिलो जित हासिल गरेको छ। नेपालले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमानले दुई सय २६ रन मात्र बनाउन सक्यो।
४६.३ ओभरमा नवौँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल विजयी भएको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्दतमा कीर्तिमानी रन बनाएको थियो।