काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्।
गिरिको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो।
गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।
पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।