काठमाडौं । चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार ४ सय ९२ मत प्राप्त गर्दा न्यौपानेले १ हजार १ सय ३३ मत पाएका छन्।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ सय ९५ मत प्राप्त गरेका छन्। इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ।