काठमाडौं । एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ । १५८ रनको मध्यम स्कोर पछ्याएको कतारले २५ दशमलब १ ओभरमा जम्मा ८९ रन बनाउँदा सबै विकेट गुमायो ।
नेपाललाई जिताउन सन्दीप लामिछानेले ५ सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । यो जितसंगै नेपाल ७ अंकका साथ समुहमा पहिलो हुँदै सेमिफाईनलमा पुगेको छ। ४ खेलमा नेपाले ३ जित र १ वर्षाले खेल हुन नसकेपछि अंक बाड्दै ७ अंक पाएको हो।