काठमाडौं । काठमाडौंमा शुक्रबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा हाइजम्पमा लमजुङकी सिमा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । सिमाले १.४५ सेमी जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
हाइजम्पमै छात्रतर्फ मनिष जिसीले रजत पदक हात पारेका छन् । उनी कास्कीका हुन् । उनले १.६५ सेमी जम्प गर्दै रजत पदक हासिल गरेका हुन् । यस्तै रनिङ शिल्डमा छात्रा १५०० मिटर दौडमा गण्डकी प्रदेश कास्कीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
यसैगरी छात्र १५०० मिटर दौडमा बादल कार्कीले गण्डकीका लागि रजत पदक प्राप्त गरेका छन् । बादलले ४ मिनेट २४.४ सेकेण्डमा दौड पुरा गरी रजत पदक प्राप्त गरे । उनी बागलुङका हुन् ।