काठमाडौं । कपनको सरस्वतीनगरमा भएको नीरा पाण्डेको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले झापाको बिर्तामोडबाट विनोद वि.कलाई पक्राउ गरेको हो।
३६ वर्षीय विक काठमाडौंको एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको खुलेको छ। उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
वैशाख ७ गते दिउँसो ३ बजे नीरा आफ्नै पसल ‘नीरु किचेन’ भित्र मृत फेला परेकी थिइन्। उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो। हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै आफन्तले आन्दोलन जारी राखेका छन्।
उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको छ।