काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा चार जना घाइते भएका छन्। मक्किएर पुरानो भइसकेको छत भत्किँदा इँटालगायत वस्तु खस्दा लागेर उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ।
अस्पतालले पनि पर्खालबाट केही इँट खसेर तल कोरिडोरमा हिँड्नेलाई लागेको जनाएको छ। चारैजनाको सोही अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। सबै घाइते खतरामुक्त रहेको जनाइएको छ।