काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। संविधानको धारा १७८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर यही वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले सोही धाराको उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्। संविधानअनुसार यसरी नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज बिहीबार दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् भने प्रदेशसभाले आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरिसकेको छ।