काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले निर्माण गरेको सुपर दोर्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। ५४ मेगावाटको सो आयोजनाबाट बैशाख २३ गतेदेखि उत्पादन सुरु भएको हो।
आयोजनाले दोर्दी, चुर्मु तथा पुर्मु खोलाको पानीको बहाव प्रयोग गरी विद्युत उत्पादन गरेको हो। आयोजनाको कुल अनुमानित लागत १० अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १९ करोड २४ लाख ७ हजार ४०७ रुपैयाँ रहेको छ। कम्पनीले २०७० फागुन २१ गतेदेखि विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो। यस अनुसार आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्षभन्दा बढी बाँकी रहेको छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा ९.८० वर्ष रहेको छ।