काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्। आफैले सञ्चालन गरेको खोटाङस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ मा पढ्ने बालिका तथा किशाोरीमाथि यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय राई शुक्रबार पक्राउ परेका हुन्।
खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले घट्नाको पुष्टि गर्दै सोधपुछका लागि राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए। राई सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ स्थित फाउण्डेसनका संस्थापक हुन्।