काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।