काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर भएको छ। सर्वोच्च अदालतले आज (मंगलबार) त्यस्तो फैसला गरेको हो।
सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उनलाई जन्मकैदको सजाय हुने यसअघिकाे फैसलालाई नै सदर गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए।
उक्त मुद्दा आज नियमित सुनुवाइका लागि पेसी तोकिएको थियो। इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबारसमेत त्यसलाई निरन्तरता दिइएको हो। चौधरी हाल डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्। हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका उनले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए।