काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ।
बुधबार काठमाडौंमा तीन दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्बन गर्दै आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको जनाएको हो।
बैठकले हरेक समिति र तहहरुमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी वेतनधारी कर्मचारीको संगठन नवनाउने, विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ।
त्यस्तै बैठकल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध, संगठीत अपराध, सरकारी दस्तखत किर्ते लगाएतका कसुरमा काराबाही चलाउनुपर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। बैठकले क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए।