काठमाडौं । बागमती प्रदेशभर सार्वजनिक सवारीसाधनको भाडा ४.१८ प्रतिशतदेखि ५.९० प्रतिशतसम्म घट्ने भएको छ। प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेसँग बिहीबारबाट भाडा घटाएकाे हाे ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाए पनि प्रदेश सरकारले भने भाडा समायोजन गरेको थिएन। करिब एक सातापछि मात्रै प्रदेश सरकारले भाडादर घटाउने निर्णय गरेको हो।
बागमती प्रदेशभित्र अन्तरपालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९, यात्रुवाहक बसमा ४.१८ र उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा ५.९० प्रतिशतले भाडा घटेकाे छ ।