लमजुङ । लमजुङ जिल्ला कारागारबाट फरार दुई कैदी बन्दीमध्ये एक जना पक्राउ परेका छन् । बिहीबार बिहान साढे १ बजेतिर कारागारको पर्खाल नाघेर कैदीबन्दी फरार भएका थिए ।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु वि.क र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं.३ घट्टेखोला घर भई पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्ष का चन्द्र बहादुर गुरूङ रहेका थिए ।
फरार रहेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल न. पा.४ दुईपिप्लेका वि.कलाई प्रहरीले पक्राउ गरेको छ। उनी चिसापानीको जंगलबाट पक्राउ परेका हुन्। अर्का एक जना भने फरार नै छन्। प्रहरीले उनको खोजी पनि तिव्र पारेको छ।