लमजुङ । जिल्ला कारागार लमजुङबाट बिहीबार राती फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । उनीहरु कारागारको पर्खाल नाघेर फरार भएका थिए ।
फरार ठगी मुद्दामा जेल बसेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहिबार राती साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
यसै गरी जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार भागेको ९ घण्टाको अन्तरालमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।