काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता स्वार्थका लागि राष्ट्रपति संस्थालाई दुरुपयोग गरिएको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले सत्ता स्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिलाई दुरुपयोग गरिएको बताएका हुन्।
अध्यक्ष लिङ्देनले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएको विषयमा समेत आपत्ति जनाए। उनले एकजना व्यक्तिलाई छोडेर समग्र विधि र पद्धति माथि नै प्रश्न उठाउने काम भएको बताए।
अध्यक्ष लिङ्देनले भारतको नयाँ संसदमा अखण्ड भारतको नक्सामा नेपालको भूमि समेटेको र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका क्रममा उठान नगरेकोमा आपत्ति जनाए। उनले प्रधानमन्त्री प्रचण्डले रोष्टममा उभिएर जवाफ दिनुपर्ने बताए।