काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमासम्बन्धी विषयमा गम्भीर रुपमा छलफल भएको बताएका छन् । संसदमा भारत भ्रमणका क्रममा भएका उपलब्धि सुनाउँदै प्रधानमन्त्री प्रचण्डले सीमासम्बन्धी समस्या समाधान गर्न मोदीलाई गम्भीर ढंगबाट आग्रह गरेको बताए ।
सीमासम्बन्धी विषय समाधान गर्न आफूले मोदीलाई स्थापित कुटनीतिक संयन्त्रको आवश्यकता रहेको बताएको उनले जिकिर गरे । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा स्पष्ट विचार आएको उनले दाबी गरे ।