काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७ बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको स्रोतले बताएकाे छ ।
गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई भोलि मात्रै डिस्चार्ज गरिने बताइएको छ ।