काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सकिएकाे छ। बिहीबारको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्ययोजना पेस गरेका थिए। सवाल जवाफ शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
आजकाे सुनुवाइमा कार्कीले न्यायपालिकामा स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने पनि बताए। साथै कार्कीले सेवाग्राहीबाट प्राप्त राय सल्लाह सम्बन्धित पक्षमा पुर्याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।