काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजीमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा भएको दुर्घटनामा लमजुङ, सुन्दरबजार न.पा.–९ बस्ने ५८ वर्षीय चन्द्र ब. गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुग्लिनबाट लमजुङ जाँदै गरेको ना ६ ख ३०१६ न. को ट्रकलाई बा ७० प ९४७४ न. को मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा सवार दुईमध्ये पछाडी सवारको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै, घाइते चालकलाई भने उपचारको लागी आबुँखैरेनी अस्पताल पठाइएको छ । ५५ वर्षीय मोटरसाइकल चालक राजु गुरुङ आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भइ हाल काठमाडौं बुढालिनकण्ठ नगरपालिका–३ बस्दै आएका छन् । गुरुङको शव भने पोष्टमार्टमको लागी दमौली अस्पतालमा राखिएको छ ।