काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। मृत्यु हुने अर्का एक जना बन्धुकधारी रहेको बताइएको छ।
अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेका छन्। र अनुसन्धान जारी रहेको बताएको अलजजिराले बताएको छ।
कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै आएर गोली चलाएका थिए। सो गोलीकाण्डमा कुनै पनि अमेरिकी अधिकारीलाइ केही नभएको बताइएको छ।