काठमाडौं । एसिसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल विजेता बनेको छ। यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आयोजक मलेसियालाई ८४ रनले पराजित गर्न सफल भयो।
तीन टिम रहेको समूह ‘ए’ मा थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल र मलेसिया अन्तिम खेलअघि सेमिफाइनलमा पुगेका थिए। अब नेपालले सेमिफाइनलमा हङकङ वा सिंगापुर मध्ये एक टिमसँग भिड्नेछ।