काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफमा नेपालले आज (आइतबार) संयुक्त अरब ईमिरेट्स (यूएई)सँग खेल्दै छ।
नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबको मैदानमा नेपाली समयानुसार मध्याह्न १२:४५ बजेदेखि सुरु हुनेछ।
यो खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीले नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
आईसीसी वरियताअनुसार पनि नेपाल यूएईभन्दा बलियो छ। एकदिवसीय वरियतामा नेपाल १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र यूएईबीच अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले जितेको छ। १ को बजेट कार्यान्वयनको बाटो खुल्नेछ।