काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् ।
काठमाडौं महानगरपालिकाका अधिकृत भट्टराई २०६० सालमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ का वडासचिव थिए । कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।
प्रहरीले गएको मङ्गलवार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।