काठमाडौं । राति २ बजेदेखि बन्द रहेको मुग्लिन नारायणगढ सडक खुलेको छ ।
सडकको पहिरो पन्छाएपछि विहान सवा ७ बजे सडक खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आइतबार बेलुका साढे ५ बजे खुलेको सडक राती २ बजेदेखि फेरि बन्द भएको थियो ।
मुग्लिन-नारायणगढ सडक पहिरोका कारण पटक पटक बन्द हुँदै खुल्दै आएको छ। सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीले अत्यावश्यक नपरी यो सडकको यात्रा नगर्न आग्रह गरेको छ ।