काठमाडौं । लमजुङमा झाडापखलाबाट एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दिप वि.कको झाडापखलाबाट मृत्यु भएको हो।
बालकलाई सोमबारदेखि झाडापखला लागेको परिवारले जनाएको छ । सन्दिपलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।