काठमाडौं । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना भएको छ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके-५ मा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देखिएको पुष्टि गरिन् ।
हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिमा पाँच विदेशी यात्रुसहित ६ जना सवार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।