काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा आज दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ।
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बको सुर्केबाट बिहान १० बजे काठमाण्डौका लागि उडेको थियो। सवा १० बजेदेखि सम्पर्कविहीन बनेको हेलिकोप्टर लाम्जुरापासमा दुर्घटनाग्रस्त भएको थियो।
हेलिकोप्टर पाइलट केचबहादुर गुरुङले उडाएका थिए। हेलिकप्टरमा ५ जना विदेशी यात्रु सवार पनि थिए।
सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले अहिलेसम्म घटनास्थलबाट ६ जनौ शव फेला परेको जानकारी आएको बताइन्।