काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो ।
हालसम्म पक्राउ परेकाहरू :
१. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)
२. सुधीर कुमार शाह – पूर्व निर्वाचन आयुक्त ।
३. धर्म प्रसाद गौतम- शाखा अधिकृत
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)
६. घमान कुमारी कार्की- नापी सर्वेक्षक
७.बाबुराजा महर्जन- नक्कली मोही
८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)
९. देव नारायण महर्जन- मोही
१०.लोकहरी घिमिरे – समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)
११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक
१२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत (असार २६)
१४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत
१५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)
१६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी (असार २७)
स्टे अर्डरमा छुटेका ।
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।
२. सुरेन्द्रमान कपाली, अधिकृत ।
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।