काठमाडौं । नेपाल एयरलाइन्सकाे मलेसियामा रहेकाे न्याराेबडी विमानमा समस्या देखिँदा उडान भर्न ढिलाे भएकाे छ । क्वालालाम्पुरदेखि भैरहवा हुँदै काठमाडौं अवतरण गर्ने विमान उडानकाे समयमा ढिलाे भएकाे भन्दै छानबिन समिति गठन गरिएकाे हाे ।
नेपाल एयरलाइन्सकाे आरए ४२२ उड्नुअघि ९एन-एकेडब्यू विमानकाे उडान काठमाडाैं फर्किने समयमा राेकिएकाे थियाे । उक्त न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको हाे । चालकदलकाे अक्सिजन बोतलको प्रेसर कम भएको हुँदा विमानमा समस्या देखिएकाे थियाे । अक्सिजनकाे व्यवस्था नहुँदा उडान डिले भएकाे थियो । उक्त विमानबाट १५२ यात्रु काठमाडौं फर्किँदै छन् । तर उडान भर्न समस्या हुँदा ती यात्रुहरू विमानस्थलमा नै अलपत्र परेका छन् । हाल भने अक्सिजनको व्यवस्था भइसकेको र जहाजले उडान भर्ने तयारी गरिरहेकाे छ।
प्राविधिक समस्या देखिएका कारण ७ दिनदेखि याे न्याेराेबडी नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की विमानकाे उडानमा राेक लगाइएकाे थियाे। तर आइतबार साे विमान काठमाडौंमा मर्मतसम्भार गरिएकाे थियाे । उक्त विमान सोमबार राति १० बजे मलेसियाका लागि उडेको थियो । साेहि विमानको ककपिटको अक्सिजन प्रेसर कम भएकाे पाइएपछि मलेसियाबाट बिहान ३ बजे उड्नुपर्ने विमान ९ बजेसम्म पनि उड्न सकेकाे थिएन ।
विमानमा देखिएकाे समस्याकाे कारण र पछि पनि यस्ताे समस्या बारम्बार नदोहोरियाेस् भन्नका लागि नेपाल वायुसेवा निगमले एक छानबिन समिति गठन गरेकाे हाे ।