काठमाडौं । त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ। बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो। राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।
विशेष सूचनाका आधारमा कार्गोमार्फत् आएको सुन बरामद गरेको हो। राजश्व अनुसन्धान विभागले अहिले अप्रेशन जारी राखेको छ। यसको थप विवरण भने आउन बाँकी छन्