काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।
विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
उनका अनुसार उक्त समितिले छिटो भन्दा छिटो प्रतिवेदन तयार पार्नेछ। ब्रेक शुमा लुकाइछिपाई ल्याइएको सुन जाँचपास गर्नमा क-कसले सहयोग गरेका थिए र संलग्नहरुकोबारेमा समितिले विस्तृत छानबिन गर्नेछ।
त्यस्तै विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ।