काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकले जोखेको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ ।
राजस्व अनुसन्धान विभागले सुन भएको पोका आज नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले सुनको पोका जोखिसकेको छ । बरामद भएको सुन पोकासहित जाेख्दा १५५ केजी निस्किएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरकाे ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएकाे छ।
ताैल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । तीमध्ये एक ब्रेक सु बाहेक अन्य सबैमा सुन रहेको फेला परेकाे छ ।सुन भेटिएका ब्रेक सुबाट सुन निकालेर ताैल लिइने भएकाे हाे ।