काठमाडौं । १ क्विन्टल बढी सुन तस्करी प्रकणमा पक्राउ परेका ४ जनालाई उच्च अदालत पाटनले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ।
बिहीबार पक्राउ परेका ४ जनालाई उच्च अदालतले ९ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन्।
राजस्व अनुसन्धान विभागले मंगलबार, बुधबार र बिहीबार गरी सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये मंगलबार र बुधबार पक्राउ परेका ६ जनालाई बिहीबार नै अदालत १० दिन थुनामा राख्न अनुमति दिएको थियो।